sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

अन्तःशुल्क स्टीकर छपाइको बाटो खुल्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

मंगलबार, १३ फागुन २०७६

काठमाडौं । मदिरा तथा सुर्तीजन्य पदार्थमा टाँसिने अन्तःशुल्क स्टीकर छपाइ प्रक्रिया अघि बढाउन सरकारका लागि बाटो खुलेको छ । आन्तरिक राजस्व विभागले गरेको टेन्डर प्रक्रियामा असहमति जनाउँदै मिराज प्रिन्टर्सले सर्वोच्च अदालतमा दायर गरेको रीट सोमवार सर्वोेच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले खारेज गरेसँगै स्टीकर छपाइको काममा देखिएको अन्योल हटेको हो ।

सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश दिएकाले सरकारले आदेश पालना गर्दै रोकिएको अन्तःशुल्क छपाइको प्रक्रिया अघि बढाउन सक्ने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । ‘रीट खारेज भएको छ, सर्वोच्चको आदेशबमोजिम सरकारले प्रक्रिया अघि बढाउन सक्नेछ,’ उनले भने ।

आन्तरिक राजस्व विभाले सर्वोच्च अदालतबाट आएको आदेशलाई पालना गर्दै तत्कालै प्रक्रिया अघि बढाउने जानकारी दिएको छ ।  ‘अन्तःशुल्क जस्तो महत्त्वपूर्ण विषयमा अदालत अनिर्णयको बन्दी बनिरहँदा हामीलाई अप्ठ्यारो परिरहेको थियो ।

‘ढिलो गरी स्टीकर छपाइका लागि प्रक्रिया खुलाउने काम भएको छ, अब अनलाइन सिस्टमबाट प्रभावित बनेको कामलाई गति दिन्छौं,’ विभागका महानिर्देशक विनोदबहादुर कुँवरले बताए ।

पछिल्लो पटक २०७३ सालमा इन्डोनेशियाको पेरम पेरुरीसँग स्टीकर खरीद गरेको विभागले यसपटक ८ अर्ब थान स्टीकर छपाइका लागि टेन्डर जारी गरेको थियो । असोजको दोस्रो साता ४५ दिने सूचनामार्फत पहिलो पटक टेन्डर आह्वान गरीएको थियो । तर, पछि विभागले १५ दिन समय थपेको थियो ।

विभागका अनुसार इन्डोनेशियाको पेरम पेरुरी, भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स, मनिपाल सेक्युरिटी, मलेशियाको लर्नटेक प्रालिलगायत कम्पनीले आवेदन दिएका छन् ।

विभागका अनुसार हालसम्म चार पटक अन्तरराष्ट्रिय प्रतिस्पर्धाका आधारमा अन्तःशुल्क स्टीकर किनिएको थियो । पछिल्लो समय २०७३ मा अन्तरराष्ट्रिय बोलपत्रमार्फत ४ अर्ब ९७ करोड २६ लाख थान स्टीकर खरीद गरिएको थियो । किनिएका उक्त अन्तःशुल्क स्टीकरको संख्याले अहिलेसम्मको मागलाई धानिरहेको थियो ।

चालू आर्थिक वर्षका लागि मात्रै पुग्ने स्टीकर स्टकमा भएकाले टेन्डर प्रक्रिया चाँडै अगाडि बढाउनुपर्ने बाध्यतामा विभाग थियो । तर, मिराज प्रिन्टर्स अदालतमा गएसँगै अन्तःशुल्क स्टीकर छपाइको पछिल्लो प्रक्रिया अघि बढाउन विभागलाई अप्ठ्यारो परेको थियो ।

त्यसो त, गतवर्ष मङ्सिरमा संघीय संसद्को सार्वजनिक लेखा समितिले स्टीकर छपाइमा स्वदेशी उद्योगलाई सहभागी गराउने नीतिगत व्यवस्था गराउन निर्देशन दिएको थियो । आन्तरिक राजस्व विभागले स्वदेशमा सुरक्षित मुद्रण प्रेस नभएको कारण देखाउँदै विदेशी कम्पनीलाई नै अन्तःशुल्क छपाइको जिम्मा दिनेगरी टेन्डर आह्वान गरेपछि लेखासमितिले बारम्बार टेन्डर रोक्न सरकारका नाममा निर्देशन दिँदै आएको थियो ।

सरकारले स्वदेशमा नै राहदानी, स्टीकरलगायत संवेदनशील दस्तावेज मुलुकमै छाप्ने गरी सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने नीति बजेटमा लिए पनि सरकारका मन्त्रीहरू नै बार्गेनिङमा उत्रिएको प्रकरणले अन्योल बढ्दै छ ।

सेक्युरिटी प्रेस खरीदमा ७० करोड बार्गेनिङ गरेको ‘अडियो रेकर्ड सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । लेखा समितिको गत हप्ताको बैठकले प्रेस खरीद प्रक्रिया तत्काल रोक्न निर्देशन दिइसकेको छ । आजको आर्थिक अभियान दैनिकबाट

gold
kumari bank
nawakantipur long