stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

जोन्टा क्लब अफ काठमाडौंद्वारा घरेलु हिंसा विरुद्ध सहयोग गर्न नेपाल प्रहरीसंग सहकार्य

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले महिला अधिकार र सशक्तिकरणका लागि काम गर्दै आइरहेको छ र घरेलु हिंसा विरुद्धको लडाईमा सहयोग गर्न नेपाल प्रहरीसंग साझेदारी गरेर पहल शुरु गरेको छ ।
यस पहल अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंले १४ जना प्रतिष्ठित कानुनी अभिबक्ता र नेपाल प्रहरीसंग समन्वय गरेर घरेलु हिंसाका पिडितलाई कानुनी परामर्श वा कानुनी उपचार प्रदान गर्ने भएको छ ।
पिडितलाई कानूनी सहयोग वा कुनै प्रकारको उजुरी वा निवेदन वा कानूनी सहयोगको आवश्यकता परेमा उसलाई निःशुल्क आवश्यक कानूनी सहयोग प्रदान गरिनेछ ।
घरेलु हिसां सम्बन्धि कुनै पनि फोन १०० मा आएको खण्डमा सिधैं १४ जना अभिबक्ता मध्ये कसैलाई सम्पर्क गराई सोही अनुरुप फोन मार्फत कानुनी परामर्श तथा अन्य कानुनी सेवा प्रदान गरिनेछ ।
यस पहलका लागी डि.आई जि. विश्व पोखरेल निर्देशनमा एसएसपी किरण बज्राचार्य पुर्ण सहयोग गर्ने निर्णय भई आजकै मितिबाट यस कार्यलाई अगाडी बढाउने सहकार्य गरेका छन् । यसका साथै अधिवक्ता रत्न कार्कीले जोन्टा वकालत समितिको अध्यक्षता गर्नेछन् ।
कोभिड–१९ महामारीको फैलावटलाई कम गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन लागु गरेको थियो । यससंगै धेरै जना महिलाहरु दुव्र्यवाहरमा गर्ने व्यक्तिहरुसंंग घरमा फसेका भएर दुव्र्यावहारका घटनाहरु बढेका छन् । यसको प्रतिकृयाको रुपमा जोन्टाले नेपाल प्रहरीको सहकार्यमा पिडित महिलाहरुलाई घरेलु हिंसा विरुद्ध लड्न सहयोग गर्ने लक्ष्य लिएको छ ।
जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष जोन्शियन सीमा गोल्छाले “लकडाउनको घोषणा भएदेखि घरेलु हिंसा बढेका छन् ।
पिडित महिलाहरु घरमा दुव्र्यवहार गर्ने व्यक्तिहरुसंग फसेका छन् जसले उनीहरुलाई अझ असुरक्षित बनाएको छ ।
हामी आशा गर्दछौं कि नेपाल प्रहरी र अधिवक्ताहरुको सहयोगमा हामी पिडितहरुलाई सहयोग गर्न र घरेलु हिंसा विरुद्ध लड्न सक्षम हुनेछौं ।”
सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ ।
जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो ।
यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो जसले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari