stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन बढी कम्पनीहरूलाई कालोसूचीमा राखे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै दुई कम्पनीलाई साढे दुई वर्ष, अर्को दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा पर्नेमा कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन।बी। कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

यी कम्पनीहरूलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए । उनीहरूले ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालो सूचीमा राखिएको हो ।

कालोसूचीका परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

 

prabhu mahalaxmi
kumari