सात अस्पतालमा काराेना संक्रमित
काठमाडौ । काराेना पुष्टि हुनेहरुमा राजधानीका सात अस्पताल पनि छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार इशान बाल अस्पताल १ जना महिला, नेपाल मेडिकल कलेज अत्तरखेल २ जना महिला, न्यूरो अस्पताल बाँसबारीमा २ जना पुरुष, त्रिवि शिक्षण अस्पतालबाट ५ जना महिला र १ जना पुरुषमा काेराेना संक्रमित फेला परेका छन।
यसैगरि नेपाल प्रहरी अस्पतालमा २ जना महिला, दीघार्यु गुरु अस्पताल चाबहिलमा १ जना महिला, चिरायु अस्पतालका १ जना महिलामा पनि कोरोना संक्रमित पुष्टि भएको छ ।





























