stcnepal long ad
Himalayan bank

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि आइतवार अन्तर्वार्ता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पर्सि आइतवार अन्तर्वार्ता हुने भएको छ । छनोट तथा सिफारिस समितिले यसअघि प्रतिस्पर्धामा छनोट भएका १४ जना उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते आइतवार लिन लागेको हो ।

प्रतिस्पर्धीहरुसँग विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । उम्मेदवारहरुलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ ।

त्रिविको नयाँ उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्ट लिष्टमा परेका थिए ।

प्रतिस्पर्धामा छनोट भएका १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण भैसकेको छ ।

अब आइतवार अन्तर्वार्ता सकिएपछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । कुलपतिले तीन जनामध्ये एकजनालाई नयाँ उपकुलपतिमा नियुक्त गर्नेछन् ।

himalayan life insurance
igi long