stcnepal long ad
ime life insurance
national life
global ime bank long

निगमलाई भाडामा विमान, सधैं घाटाको व्यापार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

घाटाको व्यापारलाई बुझाउन एउटा उखान छ– ‘चामलसँग पिठो साट्ने ।’ नेपाल वायुसेवा निगम यही उक्ति चरितार्थ गर्न उद्यत् देखिएको छ ।

न्यारोबडी जहाज बिग्रेको छ । छिटो बनाउनेतिर ध्यान छैन । जसकारण दुई महिनामा ६० करोड घाटा लागिसक्यो । फेरि ऊ अर्को जहाज भाडामा लिने ध्याउन्नमा छ । यसलाई निगममा सधैं हुँदै आइरहेको कमिसनको खेलसँग जोडेर चर्चा गर्न हुन थालेको छ ।

नहोस् पनि किन रु आफ्ना जहाज ग्राउन्डेड (भूमिस्थ) हुँदा त्यसलाई सुचारु गर्नभन्दा नयाँतिर नजर लगाइहाल्ने जो भइरहेको छ । भएका जहाज ग्राउन्डेड हुँदै गएर भइरहेको घाटाले निगम नै ग्राउन्डेड हुने जोखिम उस्तै तीव्र गतिमा छ ।

५० अर्ब घाटा व्यहोर्दै त्यसको १० प्रतिशतको ब्याज तिरिरहेको निगमलाई उठाउन भएका जहाजको सेवा चुस्त बनाउनु र बजार विस्तार गर्नु नै उत्तम उपाय हो ।

विज्ञहरूले र पटकपटक गठन भएका अध्ययन समितिको राय पनि यही छ । तर, निगमले भइरहेकै गन्तव्यमा सकिने जति उडान पनि गर्न भ्याएको छैन, नयाँ गन्तव्य त परै । विज्ञले जहाज थप्न पनि नसुझाएका हैनन् ।

तर, त्यसभन्दा अघि गर्नुपर्ने कामचाहिँ निगमको व्यवस्थापनमा सुधार हो । कमजोर व्यवस्थापनकै बीच जहाज थप्ने हो भने ती पनि ग्राउन्डेडै हुने निश्चित हुन्छ । निगमले राज्यलाई ऋणको बोझ थप्ने पनि निश्चितै हुन्छ ।

सामान्य व्यापार व्यवसाय गर्न त योजना चाहिन्छ । अर्बौं लगानीको निगममा भने न गतिलो व्यापारिक योजना हुन्छ, न रणनीति नै । हचुवाकै भरमा जहाज मात्रै थप्दैमा निगम उँभो लाग्दैन । भएकै दुई न्यारोबडी जहाजको १८ घण्टा अन्तर्राष्ट्रिय उडानको क्षमतालाई १० घण्टामा खुम्च्याइरहेको छ निगम व्यवस्थापनले । अनि त्यही व्यवस्थापनले थप जहाज भाडामा ल्याएर प्रशस्त उडान गर्ला, आम्दानी बढाउला भनेर पत्याइहाल्न सकिन्न ।

जहाज प्राविधिक साधन हो, बिग्रन्छ । तर, बेलामा नबनाउनु चाहिँ कमजोरी मात्रै होइन गल्ती हो । अरू गल्ती, कमजोरी पनि होलान् ।

तर मुख्य कुरा एउटै गल्ती बारम्बार भइरहनु हो । निगममा त्यसरी भइरहेको गल्ती के हो भने जहाज भाडामा लिने अनि घाटा खाने ।

धमिजादेखि लाउडा हुँदै चेज एयर र चाइना साउथवेस्ट प्रकरण जहाज भाडामा लिने, कमिसन खाने र निगमलाई खाल्डामा हाल्ने प्रस्ट उदाहरण हुन् । अनि फेरि जहाज भाडामा लिन जुन सूचना जारी भएको छ त्यसबाट फेरि अर्को गल्ती नहुने ग्यारेन्टी के छ ? आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।

 

 

IME Lifesidebar
kumari