आज सुन चाँदीको भाउले नयाँ रेकर्ड ब्रेक
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको भाउ तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउले पनि दैनिक नयाँ रेकर्ड ब्रेक गरेको छ । आज चाँदी तोलामा ३१५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ५६ सय५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ५३ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।




























