stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम

सुन तोलाको पौने तीन लाख

Nimb long ad
Prabhu Insurance Long Ad
national life

स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा चार हजार एक सय रुपियाँले बढेर दुई लाख ७४ हजार सात सय रुपियाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि दुई लाख ७० हजार छ सय रुपियाँ पुगेको सुनको मूल्य घटेर दुई लाख ५९ हजार रुपियाँमा झरेको थियो । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेपछि सुनको मूल्य निरन्तर बढ्दै गएको हो ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार ५६८ अमेरिकी डलरमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पुसमा सुनको मूल्य तोलामा १५ हजार सात सय रुपियाँले बढेको छ ।

यसैबिच चाँदीको मूल्य तोलामा २०५ रुपियाँले बढेर पाँच हजार रुपियाँ नाघेको छ । आइतबार प्रतितोला चार हजार ४९० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर पाँच हजार १९५ रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔँस ८४ अमेरिकी डलरमा कारोबार भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यसमेत निरन्तर बढ्दै गएको छ । पुसमा चाँदीको मूल्य तोलामा एक हजार ३१० रुपियाँले बढेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको माग बढ्दा मूल्यसमेत निरन्तर बढ्दै गएको हो । औद्योगिक क्षेत्रमा चाँदीको प्रयोग धेरै हुने गर्छ । सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य चार हजार एक सय रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबार सुनको मूल्य दुई लाख ७४ हजार सात सय रुपियाँ तोकेको हो । अघिल्लो दिन यस्तो मूल्य दुई लाख ७० हजार छ सय रुपियाँ रहेको थियो ।

त्यस्तै चाँदीको मूल्य समेत प्रतितोला २९५ रुपियाँले बढेको छ । आइतबार चार हजार ९९० रुपियाँ रहेको चाँदी आज पाँच हजार १९५ रुपियाँ पुगेको हो ।

prabhu mahalaxmi
kumari