stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चैत २२ गतेदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले यही चैत २२ गतेदेखि साविक शेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँ १ शेयर बराबर १ नयाँ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसमा माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार भई कायम साविक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरमा चैत २२ गतेदेखि वैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘आईआरएन डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।

prabhu mahalaxmi
kumari