नेप्सेमा थपियो दुई कम्पनीको ४७ लाख ८० हजार बढी कित्ता शेयर
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको ४७ लाख ८० हजार बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा घोराही सिमेन्ट इन्डस्ट्री र हिमालयन लघुवित्त वित्तीय संस्थाको कुल ४७ लाख ८० हजार ३६४.७६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
जसमा घोराही सिमेन्टको ४५ लाख ६७ हजार ६८५.७० कित्ता र हिमालयन लघुवित्तको २ लाख १२ हजार ६७९।०६ कित्ता बोनस शेयर सूचीकृत भएको हो।
अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई घोराही सिमेन्टले १० प्रतिशत र हिमालयन लघुवित्तले ६.६५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।
























