नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सहकार्यमा Image FM 97.9 मा क्यान्सर सम्बन्धी जागरूकता अभिमुखीकरण स्क्रिनिङ कार्यक्रम प्रसारण हुने
काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानसँग सहकार्यमा Image FM 97.9 मा प्रसारण हुने Bring da House down with Nirnaya NSK कार्यक्रमको २७ औं वार्षिकोत्सवको अवसरमा विश्व क्यान्सर दिवस र अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको अवसरमा स्तन र पाठेघरको क्यान्सर सम्बन्धी जागरूकता अभिमुखीकरण स्क्रिनिङ कार्यक्रम Holiday Inn Express, Tangal मा आयोजना गरिएको थियो ।
समाजमा क्यान्सरसम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्य सहितको उक्त कार्यक्रम विशेष गरी महिला प्रस्तोता कलाकारहरू (गायिकाहरू), सौन्दर्य प्रतियोगिता विजेताहरू तथा सञ्चारकर्मी व्यक्तित्वहरूलाई लक्षित गरी डिजाइन गरिएको थियो ।
यस कार्यक्रम मार्फत स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धि गर्नुका साथै समयमै पहिचान र रोकथामको महत्वबारे कार्यक्रममा डा. समिम अख्तरले जानकारी प्रदान गर्नुभएको थियो ।
यस कार्यक्रमका प्रमुख अतिथि काठमाडौ महानगर पालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल तथा विशेष अतिथिमा इमेज ग्रुप अफ कम्पनीका अध्यक्ष दिरेक लाल श्रेष्ठ, न्हुजः गुठीका अध्यक्ष सुर बहादुर श्रेष्ठ रहेका थिए र उक्त कार्यक्रम नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको अध्यक्षतामा समापन भएको थियो ।
कार्यक्रममा इमेज ग्रुप अफ कम्पनी र मेडिक्वेष्ट ल्याव बिच इमेजका कर्मचारीहरुलाई स्वास्थ्य परिक्षणमा सहुलियत दिने सम्झौता भएको थियो ।
सोही अनुरुप नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा सिफारीस गरिएका क्यान्सर ग्रस्त विरामीलाई, नेपालकै पहिलो एन्टी क्यान्सर औषधीका उत्पादक टिजिज फार्माद्वारा विशेष सहुलियत दिने सम्झौता भएको थियो ।
प्रमुख अतिथि प्रमुख सुनिता डंगोलज्यूले निर्णय ल्क्प् लाई कार्यक्रमको २७ औं वर्ष पुरा भएको यो एतिहासिक क्षण भएको भनि शुभकामना प्रदान गर्नुभएको थियो र क्यान्सर रोगबारे जनचेतना मुलक कार्यक्रहरु आवश्यकता रहेको बताउनु भयो ।
सानै देखि निर्णय ल्क्प् का गीत सुन्दै हुर्किएको र आजको दिनसम्म पनि सांगितिक क्षेत्रमा सक्रिय हुनुभएकोमा इमेजका अध्यक्ष दिरेकलाल श्रेष्ठज्यूले बधाई दिनुभयो र सो अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सर विरुद्धको जनचेतना मुलक कार्यक्रम आयोजना गर्नु भएकोमा धन्यवाद दिनुभयो ।
न्हुजः गठीका अध्यक्ष सुर बहादुरले ईमेज ग्रुप अफ कम्पनी तथा निर्णय ल्क्प् लाई शुभकामना दिई मायाको चिनो स्वरुप उपस्थित महिला प्रस्तोता कलाकारहरू (गायिकाहरू), सौन्दर्य प्रतियोगिता विजेताहरू तथा सञ्चारकर्मी व्यक्तित्वहरूलाई स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धि प्रशिक्षण गरिएको थियो तथा मेडिक्वेष्ट ल्यावद्वारा निःशुल्क प्याप स्मेयर टेष्ट गरिएको थियो भने मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिकले आधुनिक मेशिनद्वारा निःशुल्क स्किन अनालाईसिस गरिएको थियो ।
उक्त कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम प्रस्तोता निर्णय श्रेष्ठ थिए तथा उदघोषण उपाध्यक्ष सागर कटवालले गरेको थियो ।
अन्तमा सबै सहभागीहरुलाई सम्मान स्वरुप प्रमाण पत्र वितरण गरी नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानबाट धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरिएको थियो ।
























