stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

भिजिट भिसा काण्ड: सहसचिव भट्टराईसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव तिर्थराज भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै दुई कम्पनीलाई समेत विपक्षी बनाएको जनाएको छ।

भिजिट भिसासम्बन्धी अनियमिततामा संलग्न भएको आरोपमा सात व्यक्ति र दुई कम्पनीविरुद्ध दायर गरिएको मुद्दा अदालतमा पुगेको हो। साथै, अख्तियारले यसै प्रकरणमा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा थप तीन जनाविरुद्ध पनि मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको अभियोगपत्रअनुसार तत्कालीन सहसचिव तिर्थराज भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेजका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेजका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइनका सञ्चालक राम खड्का, सहायक कविता पौडेल र जग्गा कारोबारी खेम सुवेदीमाथि भ्रष्टाचार तथा अनियमितता गरेको आरोप लगाइएको छ।

भिजिट भिसा प्रकरण सार्वजनिक भएपछि २०८१ चैत ७ गते भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यस्थलबाटै पक्राउ गरिएको थियो।

यद्यपि यसै प्रकरणमा नाम आएका तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध भने अख्तियारले मुद्दा दायर नगरेको जनाएको छ।

prabhu mahalaxmi
kumari bank
kumari