stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कामना सेवा विकास बैंक र क्याफेफिलियाबीच छुट सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरस्थित क्याफेफिलियासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले क्याफेफिलियामा उपलब्ध हुने फुड तथा बेभरेजमा १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा उक्त सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेफिलियाका फ्रान्चाइज ओनर सदीक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार साझेदारीको दायरा विस्तार गर्दै जीवनशैली, हस्पिटालिटी र उपभोगसम्बन्धी सेवामा ग्राहकलाई थप सुविधा प्रदान गर्ने लक्ष्य लिइएको छ।

prabhu mahalaxmi
kumari bank
kumari