साहस ऊर्जाको आज बाह्रौं वार्षिक साधारणसभा
काठमाडौं । साहस ऊर्जा लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।
साधारणसभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर १.१०५३ प्रतिशत नगद लाभांश र लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा मंसिर ४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै कम्पनीको सो साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।





























