stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल एयरलाइन्सले उडान डिले भएर अलपत्र यात्रुको बास र खानाका लागि होटल खोज्दै 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले होटल सूचीकरण तथा सम्झौताका लागि आह्वान गरेको छ । उडान डिले वा रोकिएका कारण अलपत्र यात्रुको बास तथा खाना व्यवस्थापनका लागि होटल सूचीकरण गर्न आह्वान गरेको हो ।

सन् २०२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा भर्ने उडानहरू कुनै कारणवश ढिला वा रद्द वा अर्को दिनका लागि पर सारिएको अवस्थामा उक्त उडानका यात्रुहरूलाई वास तथा खानाको व्यवस्थापन गर्न इच्छुक होटललाई सूचीकरण हुन आह्वान गरिएका नेपाल वायुसेवा निगम यात्रु सेवा विभागले जनाएको छ ।

निगमको आर्थिक विनियमावली, २०६५ को विनियम १६६ (४) को व्यवस्था अनुसार स्तरीय एवं विशिष्टिकृत प्रकृतिका होटलहरूले निगममा सूचीकरण भई सम्झौता गर्नुपर्ने यात्रु सेवा विभागले जनाएको छ । इच्छुक होटलहरूले १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।

prabhu mahalaxmi
kumari bank
kumari