stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनआरएन इन्फ्रास्ट्रक्चरको साधारण सभा पुस ४ गते

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले साधारण सभा आह्वान गरेको छ । आगामी पुस ४ गते काठमाडौंको आम्रपाली ब्यांक्विटमा आयोजना गरिएको साधारण सभामा उपत्यका बाहिर रहेकाहरूका लागि विद्युतीय हिसाबले समेत सहभागी हुन सक्ने बताइएको छ ।

यसअघि नै कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

साथै, कम्पनीले यो बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीमा १ बराबर १ अनुपात अर्थात् शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

शुक्रबार जारी गरिएको सूचनामा कम्पनीले यही सञ्चालक समितिको प्रस्ताव पारित गर्नका लागि साधारणसभामा लैजान लागिएको जनाएको छ ।

kumari bank
kumari
nawakantipur long