stcnepal long ad
national life

द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

बेलायत । नेपालको अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’ प्रदान गरिएको छ । नेपालमा उत्कृष्ट अन्तर्राष्ट्रिय कलेजको उपाधिबाट सम्मानित भएको हो ।

कलेज रिडर्सको आयोजनामा युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा कलेजको नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयसँगको बलियो साझेदारी र विद्यार्थीलाई अन्तर्राष्ट्रिय करियरका लागि तयार पार्न सफल भएकोमा कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।

कलेजका प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले श्रीमती शोभा कँडेलका साथमा उक्त सम्मान ग्रहण गरे । उक्त अवुरमा कँडेलले पुरस्कार संस्थाको मात्र नभई कलेजसँग ठूलो सपना देख्ने हरेक विद्यार्थीको लागि भएको बताए।

यो अवार्डले नेपालमा वास्तविक बेलायती शिक्षा प्रदान गर्ने र विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्नसक्ने नेतृत्व तयार पार्ने अभियानलाई प्रमाणित गरेको उनको भनाइ छ । ‘हामी नेपाल र विश्वबीचको सेतु बन्न पाएकोमा गर्व गर्दछौं’ उनले भने ।

उक्त समारोहमा बेलायतका लागि नेपाली राजदूत महामहिम चन्द्र कुमार घिमिरे, मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, र युनिभर्सिटी अफ ग्रिनीचका वरिष्ठ प्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

gold
kumari bank
kumari
nawakantipur long