डिभिजन कार्यालय काठमाडौंबाट दशैंको मुखमा ३० जना ज्यालादारी कर्मचारी हटाइए
काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सिडिई सुवोध देवकोटाले नियम कानुन बिपरीत दशैंको मुखमा ३० जना ज्यालादारी कर्मचारी हटाएर भौतिक पुर्वाधार तथा यातायात सचिव केशव प्रसाद शर्मा बिडारीको अनावश्यक चाकडी गरेका छन।
उता देवकोटाले ज्यालादारी मजदुर निकालेर आफू मस्ती गरिरहेका छन् । हरेक कार्यालयमा विवादित छवि बनाएका देवकोटा कर्मचारी सगठनको आडमा अकूत आर्जन गर्ने भ्रष्टाचार सिडिईमा पर्दछन ।
मजदुरले पाउने तलवबाट उनले आफ्नै गुणगानमा पाटी गरेको एक कर्मचारीले बताएका छन् । देवकोटा नुवाकोट डिभिजन सडक कार्यालय नुवाकोटबाट गत महिना डिभिजन सडक काठमाडौंमा सरूवा हुने वित्तिकै उनले १८ बर्षसम्म सडक डिभिजनमा निरन्तर काम गरेका मजुदरलाई जागिरबाट निकालेका छन । ती मजदुर निम्नस्तरका थिए ।
सडक डिभिजनमा जागिर खाए बापत उनीहरुको परिवार पालिएको थियो । एउटा व्यक्तिको भरमा परिवारका ३/४ जना सदस्य निर्भर थिए । तर अत्यन्त सामन्ती,निरंकुश र घुस्याहा स्वभाव भएका सिडिई देवकोटालाई यो विषयले छोएको छैन ।
उल्टै जागिरबाट निकालिएका मजदुरहरुलाई केही बोलेमा खतरा हुन्छ भन्दै धम्की दिएको पिडित कर्मचारीहरूले बताएका छन् । खतरा भन्ने शब्दले मजदुरहरु दशैंको बेलामा के हुने हो भन्ने चिन्तामा छन् । त्यसैले उनीहरु केही बोल्न चाहन्नन् । उनीहरुलाई दशैंले छोएको छैन, के हुने हो भन्ने चिन्ताले सताएको एक कर्मचारीले बताए ।
देवकोटाले ३० जना ज्यालादारी कर्मचारी निकाल्दै यो मेरो ठूलो उपलब्धी हो भन्दै मन्त्रालयका सचिव शर्मालाई भन्न भ्याइसकेका छन् । मन्त्रालयका एक कर्मचारी भन्छन्– सरकार भनेको अभिभावक पनि हो । सरकारमा देवकोटाको जति हिस्सा छ, त्यति नै अधिकार जागिरबाट निकालिएका मजदुरहरुको पनि छ ।
तर अफसोच, देवकोटा जहाँ जान्छन्, करोडौंको भ्रष्टाचार गर्छन् । अनियमितता र भ्रष्टाचार गरेबाापत उनलाई सँजाय हुँदैन । किनभने उनले जहाँतहीँ सेटिङ मिलाएर बस्न खप्पिस छन।
ज्यालादारी कामबाट निकालेका करिव ३० जना मजदुरमध्ये केही तरुनी महिलाहरूलाई भने फेरि भर्ना गर्छु भनी आश्वासन पनि दिएको स्रोतको दाबी छ । उनी रामरमाइलो गर्ने कर्मचारी पनि हुन।
त्यसैले फेरि भर्ना हुने आशामा मजदुरहरु देवकाटाको विरुद्ध देखिनेगरी बोल्न चाहेका छैनन् । यो देवकोटाको चलाखी हो एक कर्मचारी भन्छन् । देवकोटा एकदमै कमिशनप्रेमी र भ्रष्ट चरित्रका विवादित कर्मचारी हुन् ।
मन्त्रालयका सचिव शर्मालाई आर्थिक प्रलोभनमा पारेर काठमाडौं डिभिजनमा आउन सफल भएका थिए। एक कर्मचारी भन्छन्–काठमाडौं सडक डिभिजनमा कार्यरत ज्यालादारी मजदुरहरुलाई तलब दिन प्रयाप्त बजेटको व्यवस्था छ । तर देवकोटाले दशैंको मुखमा काम गरिरहेका मजदुरहरूलाई निकालेका छन।
निम्नस्तरका ज्यालादारी मजदुरलाई समेत जागिरबाट निकालेका छन । चालक,कम्प्युटर अपरेटर र कार्यालय सहायक निम्नस्तरका मदजुरहरुलाई बिचल्लीमा पारेर उल्टै सरकारको यति पैसा जोगाएँ भनेर प्रचार गर्दै हिंड्नु एउटा अक्षम्य अपराध हो पिडित कर्मचारीहरु भन्दैछन् ।
देवकोटा सडक विभाग अन्तर्गत सधैं मध्यपहाडी लोकमार्ग,सहिद मार्ग, दमक र नुवाकोट जस्ता आकर्षक डिभिजन र आयोजनामा बसी अकूत कमाउनेमा पहिलो नम्बरमा नै पर्दछन् ।




















