sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

पियोर इनर्जीको पहिलो चरणको आईपीओ बाँडफाँड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ गत शुक्रबार बाँडफाँड गरेको छ।

कम्पनीले १ लाख ६० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गत फागुन २० देखि चैत ५ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका २ हजार ४५२ जना स्थानीय बासिन्दाहरूलाई १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका १४ हजार ४०० नेपालीहरूलाई १ लाख ४४ हजार कित्ता बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

साथै बाँडफाँडमा नपरेकाहरूको रकम चैत १९ गते मंगलबारदेखि कनेक्ट आईपीएस मार्फत् फिर्ता गरिने जनाएको छ।

पहिलो चरणको आईपीओ बाँडफाँड भएकाले अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

gold
nawakantipur long