stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । ट्रेड टावर लिमिटेडले वैशाख ८ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिने छ।

कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा निष्कासन गरिएको हो।

यसमा आवेदकले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन भोलि बैंकिङ्ग समयभित्र दिइसक्नु पर्नेछ।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। कम्पनीको धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

prabhu mahalaxmi
kumari