citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ। गत मंगलबारदेखि घट्न थालेको बजारले हिजो (सोमबार) सम्म निरन्तरता पाएको थियो। आज  मंगलबार भने नेप्से ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ।

गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ९६ करोडको कारोबार भएकोमा मंगलबार सात अर्ब २० करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २४ करोड रूपैयाँ वृद्धि भएको हो।

आज २९९ वटा धितोपत्रको एक करोड ३९ लाख आठ हजार ७८४ कित्ता सेयर किनबेच भएको हो। मंगलबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ वटाको घटेको छ। यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन सिक्लेस हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ३५८ रूपैयाँ ५० पैसा र एक हजार १८७ रूपैयाँ पुगेको छ।

यस्तै, गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४०० रूपैयाँ ६० पैसा कायम भएको छ। मंगलबार भूगोल इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८४९ रूपैयाँमा झरेको छ। उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.२९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य पाँच हजार २०० रूपैयाँ कायम भएको छ।

मंगलबार सिइडिबी होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार १०० रूपैयाँमा ३५ करोड ४७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६८ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा न्यादी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८०५ रूपैयाँमा ३३ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको हो।

यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशतले बढेको छ। यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।

gold
himalayan life insurance long ad
kumari bank