sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

विश्वकप फुटबलस् इङ्ग्ल्याण्ड र फ्रान्स क्‍वाटरफाइनलमा

Nimb long ad
Prabhu Insurance Long Ad

इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३–० गोल अन्तरले पराजित गर्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३–० ले जित्यो । अब इङ्ग्ल्याण्डले क्‍वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

यसैगरी फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्‍वाटरफाइनलमा पुगेको छ । फ्रान्सले पोल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गरेसँगै क्‍वाटरफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ ।

यसअघि सम्पन्न खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना क्‍वाटरफाइनलमा पुगिसकेका छन् । नेदरल्यान्डसले अमेरिकालाई ३–१ गोलअन्तरले हराउँदै क्‍वाटरफाइनलमा पुगेको थियो भने अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ गोलअन्तरले हराउँदै क्‍वाटरफाइनमा प्रवेश गरेको हो ।

prabhu bank
nawakantipur long