stcnepal long ad
global ime bank long

इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा ३८ जनाको ज्यान गयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ । माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ । पर्वमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए ।

घटनास्थलमा घाइतेहरुको उद्धार र उपचार भइरहेको तर धेरै भीड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उद्धारकर्मीहरुले बताएका खबरमा उल्लेख छ ।

वार्षिक रुपमा हुँदै आएको पर्व मेला गएको वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको थियो । यस वर्ष अत्याधिक भीडभाड रहेकाले कोरोना सङ्क्रमण थप फैलने जोखिम समेत बढेको छ ।

IME Lifesidebar
kumari