stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल १५ देश छोड्न निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिका र इजरायलले इरानमाथि गरिरहेको निरन्तर आक्रमणका बिच अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशहरूमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल ती देश छोड्न आग्रह गरेको छ ।

कन्सुलर मामिलाका लागि विदेश मन्त्रालयकी सहायक सचिव मोरा नामदारका अनुसार अमेरिकी नागरिकहरूलाई उपलब्ध व्यावसायिक उडान वा अन्य माध्यमको प्रयोग गरी बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, कब्जा गरिएको वेस्ट बैंक र गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी  अरब, सिरिया, संयुक्त अरब   इमिरेट्स (यूएई) र यमन  तत्काल छोड्न निर्देशन दिइएको हो ।

इरानमाथि भइरहेको आक्रमणको तीव्रता र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युले यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ । अमेरिकी सरकारले आफ्ना नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो ट्राभल एडभाइजरी जारी गरेको हो ।

prabhu mahalaxmi
kumari