citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

अमेरिकाको क्यालिफिर्नियामा ७ म्याग्निच्डुको शक्तिशाली भूकम्प

kumari bank
Prabhu Insurance Long Ad
global bank

अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेक्षणले ७ म्याग्निच्योडको भूकम्पको गएको बताएको हो ।

भूकम्पअघि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा सुनामीको चेतावनी दिइएको थियो । तर पछि सो चेतावनी हटाइएको थियो । यो क्षेत्रमा झण्डै ४७ लाख मानिसको बसोबास रहेको छ ।

भूकम्पको केन्द्रबिन्दु क्यालिफोर्नियाको फर्न्डेल सहरको नजिक बताइएको छ । स्थानीय अधिकारीहरूका अनुसार भूकम्पका कारण हालसम्म कुनै पनि मानवीय क्षति भएको छैन । साथै ठूलो भौतिक संरचनाको क्षति भएको विवरण पनि प्राप्त नभएको बताइएको छ ।

तर केही घर तथा मार्टहरुमा सामान्य क्षति पुगेको छ । मार्टहरुमा राखिएका सामानहरु खस्नुका साथै छोटो समय विद्युत अवरुद्ध भएको थियो ।

gold
himalayan life insurance long ad