citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

चीन भ्रमण गर्ने योजनामा पुटिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाएको रूसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । गत मे ७ मा पाँचौं कार्यकाल सुरू भएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हुनेछ ।

पुटिनले रूसी युनियन अफ इन्डस्ट्रियलिस्ट एन्ड इन्टरप्रेन्योर कंग्रेसको सम्बोधनमा आफ्नो मे महिनामा चीनको भ्रमण तय भएको उल्लेख गरे ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ आइपुगेको केही समयपछि पुटिनको यस्तो घोषणा आएको हो ।

चिनियाँ राष्टङपति सी जिनपिङले यसै महिनाको सुरूमा बेइजिङमा रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गरेका थिए । उक्त समयमा लाभरोभ र सीबीच छ वर्षमा पहिलो पटक प्रत्यक्ष छलफल भएको थियो ।

लाभरोभ र सीबीच सन् २०१८ मा पुटिन पुनः निर्वाचित भएपछि चीनको उद्घाटन भ्रमणभन्दा ठिकअघि भेट भएको थियो ।

त्यसबेलादेखि चीन र रूसले विशेषगरी युक्रेनमा पुटिनको युद्धपछि आफ्नो आर्थिक, व्यापार र कूटनीतिक सहकार्यलाई तीव्र बनाएका छन् ।

युक्रेन युद्धमा आफ्नो तटस्थता दावी गरे पनि चीन रूसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा देखापरेको छ र उसले रूसको एक्लिएको अर्थतन्त्रलाई महत्त्वपूर्ण समर्थन प्रदान गरेको छ ।

दुई राष्ट्रले पश्चिमी नियन्त्रण प्रयासहरूको विरूद्ध कूटनीतिक गठबन्धन पनि गरेका छन् । अन्य देशहरूले रूसी आयातमा प्रतिबन्ध लगाएपछि बेइजिङले निरन्तर रूसी तेल आयात गरिरहेको छ ।

पुटिनको पछिल्लो बेइजिङ भ्रमण सन् २०२३ अक्टोबरमा बेल्ट एन्ड रोड फोरमको समयमा भएको थियो । त्यस्तै सीले सन् २०२३ मार्चमा मस्कोको भ्रमण गरेका थिए ।

gold
himalayan life insurance long ad