stcnepal long ad
himalayan Everest Insurance long ad

नेशनल लाईफ इन्स्योरेन्सको ३५ ओैं साधारणसभा सम्पन्न

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३५ ओैं वार्षिक साधारण सभा २०८० जेठ २२ गते केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको छ ।

नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षतामा भएको सभामा अध्यक्ष सिंहले प्रस्तुत गरेको साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, वासलात, आयव्यय हिसाब,नाफा नोक्सान हिसाब एवं लेखापरीक्षण प्रतिवेदन छलफल गरि पारित गरेको छ।

यसैगरि लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति एवं पारिश्रमिक पनि निर्धारण गरेको छ।

सभाले हाल अद्यावधिक रूपमा कायम रहेको चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८ सय ७५ रूपैयाँको ६.५ प्रतिशतका दरले हुने ३० करोड १६ लाख २८ हजार ७२ रूपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

साथै बोनस सेयर वापतको कर प्रयोजनको लागि १ करोड,९५ लाख ३८ हजार ६ सय ६१ रूपैयाँ नगद लाभांश पनि पारित गरेको छ।

यस्तै विशेष प्रस्तावका रूपमा हाल अद्यावधिक रूपमा कायम रहेको चुक्तापुँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८ सय ७५ रूपैयाँको ८ प्रतिशतका दरले बोनस सेयरको रूपमा लाभांश ३७ करोड १२ लाख ३४ हजार ५ सय ५० रूपैयाँ प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।

बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममापछि समायोजन गर्ने गरि यथावत राख्ने,कम्पनी ऐन २०६३ को दफा १०५ (१) ग बमोजिम आर्थिक वर्ष २०७८/०७९ मा भएको खर्च अनुमोदन गर्ने र विविध प्रस्ताव पारित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी दिएका छन।

यस कम्पनीको सञ्चालक समितिका सदस्यमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट देबेन्द्ररमण खनाल,संस्थापक सेयर धनीका तर्फबाट पुर्व रथी पवन बहादुर पाण्डे,कसशल मल्ली, सर्वसाधारण सेयर धनीको तर्फबाट भवानी राणा,ई. कुलदीपशरण सिंह र पुर्व अर्थ सचिव सुमन प्रसाद शर्मा र सदस्य सचिव शर्मिला श्रेष्ठ रहेका छन।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत एक एक पाइला फाउन्डेसनलाई २० लाख रूपैयाँ दिएको थियो।

२२ जेठ २०८०, सोमवार १४:२१ बजे प्रकाशित

NTA long ad