stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

हिमालयन लाइफ इन्स्योरेन्सको १९औं बार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  हिमालयन लाइफ इन्स्योरेन्स  लिमिटेडले १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को अवधिको लागि एफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु सर्वसम्मतीले स्वीकृत गरेको छ ।

साधारण सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको नियुक्ति र सञ्चालक दिपक नेपालको नियुक्तिलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

साधारण सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुमोदन गरेको छ भने सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ ।

त्यस्तै इन्स्योरेन्स कम्पनीको प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

इन्स्योरेन्स कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा संचालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तब्य र सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीहरुको जिज्ञासाको जवाफ दिदै कम्पनीलाई आगामी दिनमा अग्रणी कम्पनी बनाउन शेयरधनीहरुको सुझावलाई कार्यान्वयन गर्ने बताए ।  साधारण सभा काठमाडौँको नक्साल स्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा भएको हो ।

prabhu mahalaxmi
kumari