stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्राइम लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । प्राइम लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार यस इन्स्योरेन्सले २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ४.६४५ ले कम हो । अघिल्लो वर्ष यस कम्पनीले ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा यस कम्पनीले ३ अर्ब २६ रोड २५ लाख ९८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १३.७८५ ले बढी हो ।

अघिल्लो वर्ष कम्पनीले २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीको जीवन बिमा कोष २८.८९५ ले बढेर ११ अर्ब ४७ करोड ६६ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसको बिमा कोषमा ८ अर्ब ९० करोड ४१ लाख ४६ हजार रुपैयाँ थियो । चौथो त्रैमास सम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख ३२ हजार रुपैयाँ छ ।

जगेडा कोषमा ८८ करोड ९८ लाख २३ हजार रुपैयाँ छ । असार मसान्तसम्म आइपुदा प्रतिसेयर आम्दानी १३ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५६ पैसा छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long