नेको इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी खुला

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आज वैशाख १२ गते शुक्रबारदेखि २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद वैशाख २१ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ ।
यस इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।
यसमा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटल, नक्साल काठमाडौं र विराटनगरबाट आवेदन दिन सकिनेछ । साथै, नेको इन्सुरेन्सको झापा, पर्सा, घनुषा, चितवन, मकवानपुर, कास्की लगायतका शाखा कर्यालयबाट पनि आवेदन दिन सकिनेछ ।