stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनएलजी इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी आर्थिक वर्ष कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार आर्थिक वर्ष कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष इन्स्योरेन्स कम्पनीको खुद नाफा १४ दशमलव ९० प्रतिशतले घटेको हो। गत वर्ष इन्स्योरेन्स कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफा घटेसँगै इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा १२ रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा घटेर ९ रुपैयाँ ६८ पैसा कायम भएको छ।

खुद नाफा घटे तापनि इन्स्योरेन्स कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जन भने वृद्धि भएको छ। इन्स्योरेन्स कम्पनीको आम्दानी गत आर्थिक वर्षमा ५५ करोड ३० लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ६७ करोड रुपैयाँ नाघेको छ।

त्यस्तै इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन गत आर्थिक वर्षमा ३१ करोड ३५ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ४४ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ८ करोड रुपैयाँ र महाविपत्ति कोषमा पनि ८ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।

गत आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ४ रुपैयाँ ८३ पैसा रहेको छ।

kumari bank
kumari
nawakantipur long