stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

इजी ट्याक्सी एप प्रयोग गर्दा ट्याक्सी चालकको कोरोना बीमा निःशूल्क हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको कोरोनाको बीमा गरिदिने भएको छ । इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर बी गराउने भएको हो ।

पछिल्लो दिनमा देशभर निरन्तर बढिरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने व्यवस्था गरेको हो ।

ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एप मार्फत ट्याक्सी सेवा संचालन गरिएको हुनु पर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता गर्नुपर्ने जनाएको छ ।

इजी ट्याक्सी नेपालको एप मार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन् भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन् । यस एपभित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ ।

जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ । ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्दछ ।

इजी ट्याक्सी नेपालकाका अध्यक्ष संजीत पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको बताए ।

‘भर्खर सिमित संख्यामा ट्याक्सी चल्न थालेका छन र यात्रुहरुलाई समेत सुरक्षित भएको संदेश दिनुपर्नेछ, जसमा कोरोना बीमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कले सेवा दिनसक्नेछन्,’ अध्यक्ष पौडेलले भने ।

साथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत मिलाएको छ ।

जस अन्तर्गत ले ट्याक्सी बीमामा न्यूनतम ७०० रुपैयाँदेखि ८,७६५ रुपैयाँसम्मको छूट उपलब्ध गराउने छ ।

prabhu mahalaxmi
kumari bank
kumari