citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३०औं वार्षिक साधारण सभा सम्पन्न

१५ प्रतिशत लाभांश पारित

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको माघ २५ गते सम्पन्न ३० ओैं साधारण सभाले सेयर धनीहरूलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

लिमिटेडको ३०औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

यो प्रस्ताव पारित भएसँगै लिमिटेडका सेयरधनीहरुले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाखको आधारमा ८.६३ प्रतिशत बोनस शेयर र ६.३७ प्रतिशत नगद लाभांश ( कर प्रयोजनको लागि समेत ) वितरण गर्ने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ ।

अहिलेको आर्थिक मन्दी र वित्तिय जोखिमको अवस्थामा चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश दिनु भनेको सेयर धनीहरूका लागि राम्रो र आकर्षक प्रतिफल हो।

लिमिटेडले गत आर्थिक वर्षमा ४४ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा सेयरधनीहरुले खुशी व्यक्त गर्दै लिमिटेडको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

मुलुक र निजी क्षेत्र आर्थिक मन्दीको चपेटामा परेको अवस्थामा पनि यति धेरै लाभांश दिनु भनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सका सञ्चालन समिति र व्यवस्थापनको ठुलो योगदान र सकृयताले सम्भव भएकोमा सेयर धनीहरूले उनीहरूलाई धन्यवाद दिएका छन।

संचालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त साधारण सभामा मर्जर पछिका विभिन्न विषम परिस्थिति र व्यवधानहरुको सामना गर्दै कम्पनीले राम्रो प्रगति हासिल गरेको र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराइएको थियो ।

साधारण सभाले स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्तलाई चार वर्षका लागि मनोनयन गर्ने,चालु आर्थिक वर्षको लेखा परीक्षणका लागि एन अमात्य एण्ड कम्पनी चार्टर एकाउन्टलाई दिने प्रस्ताव पनि पारित गरेको छ।

साथै सञ्चालक समितिका अध्यक्ष र सदस्यलाई बैठक भत्ता केही बढाउने, टेलिफोन  मोवाइल, पत्रपत्रिका लगायतका सुविधा बापत मासिक २५ हजार सुविधा दिने गरि सञ्चालक समितिलाई अझ सकृय र जिम्मेवार बनाउने प्रस्ताव समेत पारित गरेको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको सञ्चालनक समितिको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ र संस्थापक सञ्चालक सदस्यहरूमा विजितकृष्ण श्रेष्ठ,अभिलासा पन्त शर्मा, साधारण सेयर धनीहरूबाट अजयरत्न स्थापित,हेमराज थापा, स्वतन्त्र सञ्चालकबाट विजय कुमार पन्त र सल्लाहकारमा राजिव सापकोटा जस्ता सक्षम,दक्ष,व्यवसायिक,कार्यकुशल,इमानदार र अनुभवी सञ्चालकहरू रहेका छन।

जसको कारणले मुलुकको प्रतिकुल अवस्थामा पनि कम्पनीले राम्रो मुनाफा आर्जन गर्न सफल भएको थियो।

यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा विजय बहादुर शाह,सिनियर डिसिइओमा कमल गौतम,डिसिओमा अन्जु श्रेष्ठ,सिटिओमा आर. नायडु,डिजिएमहरूमा रतनकुमार लामा,काशीनाथ बुर्लाकोटी र सञ्जय अर्याल जस्ता काविल,सक्षम, दक्ष,अनुभवी,चुस्त र कार्यकुशल उच्च व्यवस्थापन टिम रहेको छ।

यो व्यवस्थापन टिमले आर्थिक मन्दिको बेलामा पनि गत वर्ष १० प्रतिशत व्यवसाय वृद्वि गरेको छ। जबकी समग्र इन्स्योरेन्स व्यवसायमा गत वर्ष ३ प्रतिशत ह्रास आएको थियो।

यस्तो बेलामा व्यवस्थापनले १० प्रतिशत व्यवसाय वृद्वि गर्दै ४४ करोड ८५ लाख रूपैयाँ मुनाफा आर्जन गर्नु भनेको धेरै ठुलो उपलब्धि हो। यो बेला लिमिटेडले १५ प्रतिशत लाभांश दिएर सेयर धनीहरूलाई राम्रो प्रतिफल बाँडन सफल भएको छ।

अन्य इन्स्योरेन्स कम्पनीहरूले हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कसरी यति धेरै मुनाफा आर्जन गर्यो र सेयर धनीलाई १५ प्रतिशत लाभांश दिन सफल भयो भनेर नियालिरहेका छन।

गत वर्ष हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी सय बराबर ८५ को स्वाप रेसियोमा मर्जरमा गएका थिए।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुको स्वामित्व १५ प्रतिशत खुम्चिएको थियो। मर्जर पछिको कम्पनीको नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ रहेको थियो। दुबै कम्पनीले २०७९ असार २ गते विशेष साधारण सभा गरि कम्पनी मर्जर गरेका थिए।

मर्जर प्रयोजनका लागि जेबि राजभण्डारी एण्ड डिबिन्सले डिडिए गरेको थियो । डिडिए पश्चात स्वाप रेसियो तय भएको थियो।

मर्जर पछि केन्द्रिय कार्यालय हाल हिमालयन इन्स्योरेन्स रहेकै कार्यालय बबरमहलमा रहने सहमति भएको थियो । एभरेष्ट इन्स्योरेन्सले भने मर्जर हुनु अगाडी नै आफ्नो केन्द्रिय कार्यालय रहेको भवनको स्वामित्व बिक्री गरेको थियो ।

 

 

himalayan life insurance
igi long