stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल टेलिकमको ७७ वटै जिल्लामा फोरजी सेवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल टेलिकमका ग्राहक झण्डै साढे दुई करोड पुगेका छन् । गएको मसिर महिनासम्ममा ग्राहकको संख्या दुई करोड ३९ लाख २४ हजार नाघेको टेलिकमले जनाएको छ ।
जीएसएम मोबाइलका दुई करोड १४ लाख ५४ हजार, सीडीएमए सेवाका १७ लाख ९४ हजार र पीएसटीएन सेवाका ६ लाख ७६ हजार ग्राहक रहेका नेपाल टेलिकमको दाबी रहेको छ ।
एक करोढ ४७ लाख ७६ हजार सात सयभन्दा धेरैले नेपाल टेलिकमको इन्टरनेट डाटा सेवा प्रयोग गरेका छन् । जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता एक लाख ९८ हजार, एफटीटीएच सेवाका प्रयोगकर्ता ११ हजार ९ सय र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार रहेका छन् । डाटा सेवातर्फ भने कम्पनीले ४८ दशमलव ९ प्रतिशत बजार ओगटेको दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ ।
कम्पनीको नाफा ९ अर्ब ७६ करोड रुपैयाँ

टेलिकमको आर्थिक वर्ष २०७५÷०७६ को जम्मा राजश्व ४३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । झण्डै ४४ करोड रुपैयाँ राजश्व उठ्दा कम्पनीले ९ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको छ । यस अवधिमा टेलिकमले २८ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ । कर अघि खुद नाफा १५ अर्ब सात करोड रुपैयाँ रहेको टेलिकमको करपछिको नाफा भने ९ करोड ७६ लाखमा सीमित भएको हो ।

टेलिकमले आर्थिक वर्ष २०७५/०७६ मा सरकारको कोषमा ३३ अर्ब ३० करोड ९५ लाख रुपैयाँ योगदान गरेको छ । टेलिकमले अग्रिम आयकर बापत चार अर्ब ८७ करोड ३४ लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर बापत चार अर्ब ६० करोड ५२ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत तीन अर्ब ८९ करोड ८५ लाख रुपैयाँ, स्वामित्व शुल्क बापत ५७ करोड ९६ लाख रुपैयाँ, भन्सार शुल्क बापत ४८ करोड ३१ लाख ४८ हजार रुपैयाँ, रोयल्टी बापत दुई अर्ब ३३ करोढ ९६ लाख रुपैयाँ, फ्रिक्वेन्स दस्तुर बापत एक अर्ब १४ करोड ४८ लाख रुपैयाँ, लाभाँश बापत सात अर्ब ५४ करोड रुपैयाँ, सम्पत्ति र सवारी साधन कर बापत ६ करोड १८ लाख रुपैयाँ, लाइसेन्स शुल्क बापत ६ अर्ब पाँच करोड रुपैयाँ र स्रोत कर कट्टि बापत एक अर्ब ७२ लाख रुपैयाँ बुझाएको छ ।
नेपाल टेलिकमले आफ्नो सेवालाई अझै गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । १६ वर्ष पूरा गरी १७ वर्ष प्रवेश गरेको अवसरमा टेलिकमले आफ्नो सेवा एवं सुविधालाई थप व्यवस्थित गर्दै सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

७७ वटै जिल्लामा फोरजी सेवा

आज बुधबारबाट सबै जिल्लामा नेपाल टेलिकमको फेरजी सेवा विस्तार भएको छ । हुम्लाको सदरमुकामा सिमिकोटमा फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार भएको हो । गएको वर्षको माघ २० गते एक वर्ष्भित्र देशभर फोरजी सेवा विस्तार गर्ने सम्झौता भएको थियो ।
टेलिकमले २०७३ सालको पुस १७ गते पहिलो पटक फोरजी सेवा सुरु गरेको थियो । नेपाल टेलिकमले अहिले आठ सय १८ सय मेगाहर्ज ब्याण्डअन्तर्गत फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा विस्तार गरिरहेको छ । परियोजना सम्पन्न हुँदासम्म ६५ लाख फोरजीका नयाँ ग्राहक थप गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

IME Lifesidebar
kumari