stcnepal long ad
global ime bank long

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकतामा राखियोस् :अध्यक्ष ढकाल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नवौँ वालिङ महोत्सवको वालिङमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रका एजेण्डालाई सबै राजनीतिक दलले घोषणापत्रमा राखेर कार्यान्वयन गरेको खण्डमा छोटो समयमा नै देशले सफलता प्राप्त गर्ने दाबी गरे।

‘निजी क्षेत्रले देशको विकास र समृद्धिका लागि तयार गरेका एजेण्डालाई राजनीतिक दलले तयार पार्ने घोषणापत्रमा समावेश गरी कार्यान्वयन गरेको खण्डमा देशले छोटो समयमै समृद्धि हासिल गर्छ भन्ने हाम्रो बुझाई हो’, उनले भने, ‘देशमै उत्पादनसित जोडिने किसिमका कार्यक्रम तथा उद्योग सञ्चालन गरी उत्पादित सामग्री बाहिर निर्यात गरेर आम्दानी लिन सकिने प्रशस्त सम्भावना छन्।’

आजदेखि सुरु भएको नवौँ वालिङ महोत्सव २५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको तीन लाख दर्शकले अवलोकन गर्ने र झण्डै रु १० करोडको आर्थिक कारोबार हुने अपेक्षा रहेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताए।

IME Lifesidebar
kumari