stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

महिला उद्यमी महासंघको अध्यक्षमा दर्शना श्रेष्ठ चयन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । महिला उद्यमी महासंघ नेपालको दशौँ महाधिवेशनले दर्शना श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन गरेको छ । महासंघले ललितपुरमा २२औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशन सम्पन्न गरेको हो ।

देशभरका महिला उद्यमीको छाता संगठनका रूपमा कार्यरत महासंघ स्थापना कालदेखि महिला उद्यमीको विकास, प्रवर्द्धन तथा सामाजिक–आर्थिक सशक्तिकरणमा क्रियाशील रहँदै आएको छ ।

महासंघले हाल नेपालका ७७ वटै जिल्लामा संगठन विस्तार गरी पाँच हजार ५०० भन्दा बढी महिला उद्यमीलाई आबद्ध गरेको छ । साथै सातै प्रदेशमा प्रदेशस्तरीय महासंघ गठन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका नीति निर्माण र निर्णय प्रक्रियामा महिला उद्यमीका हक, अधिकार र सरोकारका विषयमा सशक्त रूपमा वकालत गर्दै आएको जनाएको छ ।

महासंघको २२औँ वार्षिक साधारण सभा अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष ज्ञवालीले आफ्नो कार्यकालमा महासघमार्फत सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि तथा चुनौतीबारे जानकारी गराइन्।

साधारण सभामा महासंघका महासचिव कुन्नम पोखरेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन् भने कोषाध्यक्ष सविता सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।

प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महिला उद्यमशीलता विकासमा निजी क्षेत्र र महासंघबीच सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिन्।

महाधिवेशनको अवसरमा जिल्लास्तरमा उत्कृष्ट महिला उद्यमी संघ तथा व्यक्तिगत महिला उद्यमीलाई सम्मान गरिएको थियो । साथै महासंघको स्थापना कालदेखि निरन्तर योगदान पुर्‍याउने संस्थापक सदस्यलाई सम्मान प्रदान गरिएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari