सैपाल ग्याँस उद्योगले उत्पादन र बिक्री सुरु
काठमाडौँ । सैपाल ग्याँस प्रा.लि.ले उत्पादन तथा बिक्रि–वितरण शुभारम्भ गरेको छ । सबैभन्दा कम ग्याँस उद्योग रहेको सुदूरपश्चिम प्रदेशको कैलालीमा उद्योग स्थापना गरी उत्पादन तथा बिक्री शुभारम्भ गरिएको उद्योगका प्रस्तावित अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।
नेपाल जस्तो गरिब देश भएर पनि पेट्रोलियम पदार्थ त्यसमा पनि खाना पकाउने एलपी ग्याँसको खपत वार्षिक करिब चार लाख ३० हजार मेट्रिकटन रहँदै आएको छ ।
देशभरमा प्रत्येक महिना करिब २७ लाख सिलिन्डर खपत हुने गर्दछ अर्थात बार्षिक करिब ४० अर्बभन्दा धेरैको कारोबार हुने गर्दछ ।
एलपी ग्याँसको खपत वार्षिक २० प्रतिशतले बढीरहेको छ । ६१ औँ उद्योगका रुपमा सैपाल ग्याँस उद्योग स्थापना गरिएको अध्यक्ष घिमिरेले बताए ।
अध्यक्ष घिमिरेले भने–‘हाम्रो एभरेष्ट ग्याँस ग्रुपसँग हाल सञ्चालनमा रहेका काठमाडौँ उपत्यका समेत ६ वटा उद्योग छन् भने करिब १७ लाख सिलिन्डर बजारीकरण गरिएका छन् ।
यस ग्रुपले प्रत्येक महिना करिब चार लाख सिलिन्डर उत्पादन र बिक्रि–वितरण गर्दै आएको छ भने प्रत्येक महिना करिब १० लाख सिलिन्डर एलपी ग्याँस उत्पादन गर्ने उद्योगहरुको क्षमता रहेको छ ।’