stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

‘तयारी पोसाक निर्यातको इतिहास दोहोर्‍याउन सकिन्छ’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। सरकारले नीतिगत सहजीकरण गरे नेपालको तयारी पोसाक निर्यातलाई विगतकै अवस्थामा फर्काउन सकिने सरोकारवालाले औँल्याएका छन् ।

नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण सभामा सहभागीले सरकारको साथ र निजी क्षेत्रको उत्साहलाई सही ढङ्गले परिचालन गर्न सके निर्यात र आन्तरिक खपतलाई व्यापक बनाउन सकिने धारणा राखेका छन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले सन् १९८० को दशकबाट नेपालमा तयारी पोसाक उद्योग स्थापना भएको र निर्यातमा इतिहास लेखेको प्रसङ्ग उल्लेख गर्दै सरकारको नीतिगत सुधार तथा निजी क्षेत्रलाई प्रवर्धन गर्ने हो भने निर्यात व्यापारलाई उकास्न धेरै समय नलाग्ने जिकिर गर्नुभयो ।

सन् २००१/०२ मा तयारी पोसाक निर्यात वार्षिक ४० करोड अमेरिकी डलर थियो । सन् २००५ मा अमेरिकासँगको मल्टिफाइबर एग्रिमेन्टको अवधि सकिएपछि यो पोसाक निर्यात ओरालो लाग्दै आएको थियो ।

तत्कालीन समयमा छ अर्ब ५० करोड रुपियाँ लगानी भएको यस क्षेत्र धराशायी हुँदा १० लाख मानिसको रोजगारी गुमेको उहाँले औँल्याउनुभयो । “तर पछिल्लो समय उद्योग बिस्तारै उठ्न थालेको छ । तयारी पोसाकको निर्यात झन्डै नौ अर्ब कायम रहेको छ,” उहाँले भन्नुभयो, “एक सय उद्योगहरू सञ्चालनमा छन् ।

३५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।” पाण्डेले बङ्गलादेश, भारत, चीन, भियतनाम, थाइल्यान्ड, इन्डोनेसिया, कम्बोडिया तथा अफ्रिकी मुलुकले लिएको निर्यात नीतिबाट नेपालले शिक्षा लिँदै समीक्षा गरी अघि बढ्न सके तयारी पोसाक निर्यातको गतिलाई अझै फैलाउन सकिने बताउनुभयो ।

छिमेकी मुलुकको दाँजोमा नेपाली तयारी पोसाक करिब २७ प्रतिशतभन्दा बढीले महँगो भएका कारण तयारी पोसाकको उत्पादनलाई प्रतिस्पर्धात्मक र कम खर्चिलो बनाउन जुनसुकै आकारको निर्यातमा नगद अनुदानको दर चार प्रतिशतबाट वृद्धि गरी न्यूनतम १० प्रतिशत कायम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले तयारी पोसाक उद्योगलाई पनि पाँच प्रतिशत ब्याजदरको कर्जा, निर्यातको एक प्रतिशत रकम प्रवर्धन तथा क्षमता विकासमा खर्च, तयारी पोसाक निर्यातकर्तालाई चालु पुँजी कर्जा ८० प्रतिशतसम्म व्यवस्था, सहुलियतपूर्ण कर्जाको उपलब्धता जस्ता नीतिगत व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो ।

पाण्डेले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने कुराको तयारी अहिलेसम्म नहुँदा हालकै निर्यात पनि झनै खस्कने खतरा रहेको भन्दै चिन्ता जनाउनुभयो । कार्यक्रममा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले वर्तमान सरकार निजी क्षेत्रलाई साथमा लिएर आर्थिक समृद्धिको मार्गचित्र कोर्न चाहेको बताउनुभयो ।

उहाँले तयारी पोसाक उद्यमीलाई निर्यात मात्रै नभएर नेपालभित्रको बजारमा पनि आफ्नो बलियो उपस्थिति बनाउन सुझाव दिनुभयो । निर्यात प्रवर्धन गर्नु पर्छ, यो राम्रौ कुरा तर स्वदेशभित्रकै बजारमा पनि आफ्नो उपस्थिति बलियो बनाएर आयात प्रतिस्थापन गर्न सकिने कुरामा पनि ध्यान दिनु पर्छ,” उहाँले भन्नुभयो, “ठुला छिमेकी मुलुकको बजार र देशभित्रकै ठुलो बजारमा स्थापित हुन गुणस्तर र ब्रान्डिङमा विशेष ध्यान दिनु आवश्यक छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रलाई सरकारले विश्वासमा लिएर सम्मानित व्यवहार गर्नुपर्ने औँल्याउनुभयो । “मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अपरिहार्य भन्ने तर त्यही निजी क्षेत्रलाई सम्मान दिन राज्य डराउनु हुँदैन,” उहाँले भन्नुभयो ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकालले सरकारले विश्व परिवेश र आवश्यकता अनुसारको नीतिगत व्यवस्थापन गर्न नसक्दा समस्या पर्ने गरेको भन्दै नेपाली गार्मेट उद्योगसहित निर्यातमूलक उद्योगका सन्दर्भमा भारतले लिएकै नीति अनुकरण मात्रै गर्न सके सफलता हासिल हुने दाबी गर्नुभयो ।आजको गोरखापत्र दैनिकमा समाचार छ।

kumari bank
kumari
nawakantipur long