sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

पर्यटन बोर्डले नयाँ नेतृत्व पाउँदै, को होलान बोर्डको सिइओ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं, माघ १४ । एक दुई दिन भित्रै नेपाल पर्यटन बोर्डले नयाँ नेतृत्व पाउने भएको छ । सरकारले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को चयनका लागि अन्तिम तयारी गरेको छ । बोर्डको नयाँ नेतृत्व चयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बैठक आज बस्दै छ । उक्त बैठकले बोर्डको सिइओ नियुक्ति आजै गर्ने सम्भावना छ । सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त गर्ने व्यवस्था छ ।
बैठकले दीपक बस्ताकोटी, धनन्जय रेग्मी र हिक्मत सिंह ऐरमध्ये एक जनालाई सिइओ चयन गर्ने छ ।
पर्यटन क्षेत्रमा आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको सिइओका लागि ९ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।
प्रारम्भिक छनोटमा परेका नौ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । त्यसमध्ये तीन जनाको नाम छनोट गरिएको थियो । अहिले ती तीन जनाबाट एक जना चयन गर्दै छ ।
निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिएपछि गत मंसिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।
त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा. धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरिएको थियो ।
सिइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सम्मिलित उपसमिति बनाइएको थियो । समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए ।
बोर्डमा सरकारी पाँच र निजी क्षेत्रका ६ गरी ११ जना सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । तर, बोर्डका कार्यकारी भने सिइओ हुनेछन्् । बोर्डको सिइओको कार्यकाल भने चार वर्षको हुनेछ । प्रतिस्पर्धी उम्मेदवारमध्ये लामो समयदेखि पर्यटन क्षेत्रको अनुसन्धानमा क्रियाशील डा. धनञ्जय रेग्मीको नाम अग्रपंक्तिमा रहेको स्रोतको दाबी छ ।
सरकारले पर्यटन क्षेत्रका गहिरो अध्ययन र अनुसन्धान गरेर दिगो पर्यटन विकास गर्ने लक्ष्य बनाएको छ । त्यस कारण पर्यटन अनुसन्धानको क्षेत्रमा विज्ञता आर्जन गरेका डा. रेग्मीलाई सिइओको बलियो दाबेदार मानिएको छ ।
सन् १९७५ स्याङ्जामा जन्मिएका डा. रेग्मी नेपालको पर्यटनलाई विषय बनाएर लामो समयदेखि अनुसन्धानरत छन् । डा.रेग्मी नेपालका प्रख्यात हिमाली भूवैज्ञानिक र हिमनदी विज्ञ हुन् ।
उनले नेपालको सबैजसो हिमाल, हिमताल र हिमाली क्षेत्रहरुको बारेमा अनुसन्धान गरेका छन् । उनले ६ वर्ष कञ्चनजङ्घा क्षेत्रको वातावरणीय अनुसन्धान गरेका छन् । डा..रेग्मीले सन् २००६ मा जापानको सापोरो स्थित होकाइदियो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गरेका छन् ।

gold
prabhu bank
nawakantipur long