citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

तेह्रथुम पावरको आइपीओ शुक्रबार बाँडफाँट हुने

तेह्रथुमको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नु पर्नेछ

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ भदौ २५ गते शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आफ्नै कार्यालयमा बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ ।

यसको प्री–अलोटमेन्ट सम्पन्न भइसकेको छ । यता, तेह्रथुमको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नु पर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

यसमा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको ७ लाख ४४ हजार कित्तालाई आधार मान्दा ७४ हजार ४०० हजार आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २३ लाख २१ हजार ९४८ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५ प्रतिशत (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २ प्रतिशत (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो ।

बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ ।

यसअघि कम्पनीले साउन ५ देखि १९ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । अब सर्वसाधारणलाई पनि आइपीओ बिक्री गरिसकेपछि यसकोे चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

himalayan life insurance
igi long