stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

राम्रो पकड भएका विकास बैंक धमाधम वाणिज्य बैंकमा गाभिदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६

काठमाडौं । स्थानिय स्तरमा शाखा खोल्दा कम्तिमा दुई वर्ष घाटा हुने अवस्था आएपछि वाणिज्य बैंकले स्थानिय स्तरमा पकड जमाएका विकास बैंकहरुलाई खरिद गर्न थालेका छन् । ५ वाणिज्य बैंकले अहिले प्रदेशमा प्रभुत्व जमाएका ५ विकास बैंकलाई खरिद गर्दैछन् ।
गण्डकी प्रदेशमा हैकम जमाएर बसेको गण्डकी विकास बैंकलाई मेगा बैंक लिमिटेडले खरिद गर्ने भएको छ । यसैगरी, गण्डकी प्रदेशका जनतको विश्वास जित्दै आएको कैलास विकास बैंकलाई प्राइम कमर्शियल बैंकले खरिद गर्ने भएको छ ।
त्यस्तै गरि कुमारी बैंक पनि अरु भन्दा के कम भन्दै देवः विकास बैंक खरिद गर्न पुगेको छ । सिटिजन्स बैंकले सहयोगी विकास बैंक र एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । एनएमबी बैंकले यसअघि ओम डेभलपमेन्ट बैंकलाई खरिद गरिसकेको छ ।
वाणिज्य बैंकले खरिद गर्न लागेका उक्त विकास बैंकहरु प्रदेशका साथै केन्द्रीय स्तरमा पनि त्यति नै लोकप्रिय छन् । ती विकास बैंकले सर्वसाधारणको मन जित्न सफल भएका छन् । त्यसैले वाणिज्य बैंकले उक्त विकास बैंक खरिद गर्नका लागि आँखा लगाएका हुन् ।
वाणिज्य बैंकहरुबीच मर्जरमा जाने सम्भावना कम देखिएपछि वाणिज्य बैंकले विकास बैंक खरिद गर्न पुगेका हुन् । अहिले पनि वाणिज्य बैंकहरुले केही विकास बैंकलाई खरिद गर्नका लागि कुराकानी चलाइरहेका छन् । विकास बैंकहरुले पनि शाखा विस्तार गर्दा लागत बढ्ने र नाफा खुम्चने बाध्यतत्मक अवस्था सृजना गरेर वाणिज्य बैंकसँग गाभिन तयार पारिदै छ । नेपाल राष्ट्र बैंकका पछिल्ला निर्देशनहरुले विकास बैंक र फाइनान्स कम्पनीको नाफा खुम्चने मात्र होइन उनीको आम्दानीमा नै अंकुश लगाउने गरि निर्देशनहरु आएका छन् ।
वाणिज्य बैंकले खरिद गदै गएपछि ७९ ओटा रहेको विकास बैंकको संख्या अहिले २१ मा झरेका छन । अझै पनि विकास बैंकको संख्या घटने अनुमान गरिएको छ । राष्ट्र बैंकले मर्जर वा एक्विजिसनलाई बाध्यत्मक भन्दा स्तर मर्जर वा एक्विजिसनमा जाने बाध्य पार्दैछ । एकताका राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले ‘छिटो लब पार्नुस, मौद्रिक नीतिपछि विहे गर्नुपर्छ,’ भन्न समेत बाँकी राखेनन् ।
तर, गभर्नरको उक्त भनाईलाई वाणिज्य बैंकले टेरेनन् । मौद्रिक नीति मार्फत त्यस्तो प्रस्ताव आएको भए वाणिज्य बैंकहरु मर्जरमा जान बाध्य हुने थिए । तर, मौखिक रुपमा आएकाले गभर्नरको प्रस्तावलाई वाणिज्यले टेरपुच्छर लगाएनन् ।
राष्ट्र बैंकले बाणिज्य बैंक प्रति लचिलो नीतिका कारण वाणिज्य बैंकहरु आपसमा मर्ज नभई साना वित्तीय सस्था खरिद गर्न लागि परेका छन् । ठूला बैंकहरु मर्जरमा जाँदा तयारी र समय धेरै लाग्ने भएकोले साना बित्तीय संस्था प्राप्ती गर्न सजिलो हुने भएकाले वाणिज्य बैंकले विकास बैंक खरिद गर्न लागेका हुन् । राष्ट्र बैंकलाई पनि विकास बैंकलाई वाणिज्य बैंकले खरिद गर्दै गएपछि नियमन गर्न सहज भएको छ ।

विकास बैंकलाई वाणिज्य बैंकले खरिद गरेपछि बैंक तथा वित्तीय संस्थाको संख्या घटिरहेको छ । वाणिज्य बैंक पनि संस्थागत रुपमा राम्रा र बलिया भएका छन् । विकास बैंकका शेयरधनी पनि वाणिज्य बैंकमा विलय भएपछि वाणिज्य बैंकको मालिक बन्दै आफ्नो अस्तित्व समाप्त पार्दै छन् ।

prabhu mahalaxmi
kumari bank
kumari