citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

‘कुरा काट्ने मान्छेले काटुन्’ गीतका गायकको प्रस्तुतिमा आयो ‘ढोकै खुलेन’ भिडियो सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ‘कुरा काट्ने मान्छेले काटुन्’, ‘मन बुढो भएन’ लगायतका हिट गीतका गायक सुवास पुरीको प्रस्तुति रहेको गीत ढोकै खुलेनको भिडियो सार्वजनिक भएको छ । जसमा बहुचर्चित गायक राजनराज शिवाकोटी र गायिका सरु गौतमको सुमधुर स्वर रहेको छ ।

गायक तथा संगीतकार शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा एक प्रेमील जोडीको प्रेमको रमाइलो किस्सालाई भिडियोमा कलात्मक शैलीमा देखाइएको छ ।

जसमा टिकटकबाट चर्चा कमाएकी मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन् । सिलन लम्सालको सम्पादन र कलर रहेको गीतको भिडियो गायक पुरीकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

himalayan life insurance
igi long