citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अनौपचारिक अर्थतन्त्रले गाजेको मुलुक

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

हिजो माघ ११ गते सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले नेपालमा १४ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबरको अर्थतन्त्र अहिले पनि मूलधारभन्दा बाहिरै अनौपचारिक अर्थतन्त्रका रूपमा रहेको देखाएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को गणना हुने १७ वटै क्षेत्रको फरक फरक आँकडा प्रस्तुत गरिएको उक्त विवरणले यति ठूलो आकारमा बैंकिङ च्यानल भन्दा बाहिर अनौपचारिक अर्थतन्त्र सक्रीय रहेको जनाएको छ । त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रिय विभागले नेपाल राष्ट्र बैंकको सहयोगमा उक्त अध्ययन गरेको थियो ।

अध्ययनले नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार ४० देखि ४२ प्रतिशत हाराहारी रहेको प्रतिवेदन दिएको छ । यसमध्ये घरजग्गा कारोबार र यससम्बन्धि गतिविधीमा असाध्यै ठूलो हिस्सा अनौपचारिक अर्थतन्त्रको रहेको देखाएको छ ।

जीडीपीमा १० प्रतिशत योगदान दिने यो क्षेत्रमा आवास सेवाको उपभोग र घर जग्गाको कारोवार क्षेत्र समेटिएको छ । यस अन्तरगत घरजग्गाको स्वामित्व वा भाडामा दिइएको सम्पत्ति, शुल्क वा सम्झौता, अचल सम्पत्तिका गतिविधिहरू, घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू समावेश गरिएको दाबी गरिएको छ ।

त्यसैगरी, जग्गा कारोवार वा सम्पत्ति अवमूल्यनबाट हुने कर छली पनि ठूलो मात्रामा रहेको अध्ययनको निचोड छ । यो कुरा नेपालमा सामान्य मानिन्छ, जग्गा खरीदलाई सम्पत्ती लुकाउने माध्यम बनाइएको छ । यसरी लुकाइएको सम्पत्ति अनौपचारिक अर्थतन्त्रमा गणना हुन जान्छ ।

हाल जीडीपीमा लगभग २५ प्रतिशत योगदान दिइरहेको कृषि, वन र माछापालन क्षेत्रमा पनि ९६ प्रतिशतभन्दा धेरै अर्थतन्त्र अनौपचारिक हालतमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कृषि क्षेत्र ९वन र माछा मार्ने समेत० अन्तर्गतका अधिकांश उत्पादन गतिविधिहरू घरपरिवारद्वारा सञ्चालित भएका कारण अनौपचारिक अर्थतन्त्रमा यसको हिस्सा ठूलो देखिएको प्रतिवेदनमा भनिएको छ ।

त्यसपछि तेस्रो ठूलो हिस्सा आवास र खाद्य सेवाहरूको रहेको छ । यस क्षेत्रको ५० प्रतिशतभन्दा बढी हिस्सा अनौपचारिक अर्थतन्त्रमा गणना हुने प्रतिवेदनले उल्लेख गरिएको छ । घरपरिवारद्वारा सञ्चालित लज तथा चिया पसलहरू धेरै कम मात्रामा सरकारी संस्थामा दर्ता भएका छन् ।

त्रिवि अध्ययन प्रतिवेदनका अनुसार
रेस्टुरेन्ट, क्याफेटेरिया, फास्टफूड, टेक अर्थात आउट खाने ठाउँ, मोबाइल फुडकार्ट, बजार स्टल खानाका साथै बार, कफी हाउस, चिया पसल जस्ता व्यवसायको ठूलो हिस्सा अर्थतन्त्रको मूलधारमा समाविष्ट हुन सकेको छैन ।

कुनै पनि सरकारी संस्थामा दर्ता नभएका र घरपरिवारद्वारा सञ्चालित अधिकांश लज तथा चिया पसलहरू र मोबाइल फुड कार्टहरू अनौपचारिक अर्थतन्त्रका रूपमा रहेका छन्। यसरी मुलुकलाई अनौपचारिक अर्थतन्त्रले गाजेको छ।

बैंकिङ च्यानल भन्दा बाहिर रकम रहने र करको दायरामा नआएका व्यवसायीहरूको कारण मुलुकको अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्रको हिस्सा बढदै गएको पाइन्छ। यो राम्रो संकेत होइन,यसले अर्थतन्त्रलाई तलमाथि गरेर असन्तुलन पारिरहन्छ। कहिले तरलतामा कमी गर्छ,कहिले तरलता प्रयाप्त हुँदा पनि बजारमा माग हुँदैन,कहिले बैंकिङ क्षेत्रबाट मुद्राको अभाव गराउदछ।

कहिले व्याजदर बढने त कहिले अस्वभाविक रूपमा घटाउने गर्छ। सेयर बजारको मन्दी पनि यसैको प्रभाव हुन सक्छ। बजारमा मुल्यमा उतारचढाव, हुण्डी कारोवार,तस्करी र माफियाकरण, लागू ओैषधको अवैध कारोवार,अन्तर्राष्ट्रिय आतंकवाद, हतियार,गोलावारूदको अवैध कारोवार पनि अनौपचारिक अर्थतन्त्र मौलाएपछिनै बढने गरेको देखिन्छ।

himalayan life insurance
igi long