stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्र बैंकद्वारा वित्तीय अनुशासन पालना गराउन पहल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशन पालना नगर्ने र वित्तिय अनुशासन उल्लंघन गर्ने छ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा नियामकिय व्यवस्था उल्लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नगद जरिवाना र सचेत गराएको छ। यो बैंकिङ सुशासन र वित्तीय अनुशासन कायम गर्ने कार्यमा महत्वपुर्ण निर्णय हो। राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंक लि.लाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोमा ७० लाख रुपैयाँ नगद जरिवाना गरेको छ। यस्तै कर्जा(निक्षेप अनुपात (सीडी रेसियो) उल्लंघन गरेपछि राष्ट्र बैंकले हिमालयन बैंक लि.लाई पनि १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ नगद जरिवाना गराएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को वैशाखमा सीडी रेसियो ९० प्रतिशत नाघेपछि कारबाही गरेको छ ।

एनएमबि बैंकले व्याज अनुदानको सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान दिएपछि उक्त कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएपछि कारवाही गरेको छ । सोही कारण राष्ट्र बैंकले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएको छ। उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पूर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको छ। राष्ट्र बैंकले उक्त कार्यविधि तथा राष्ट्र बैंकबाट जारी निर्देशनको उल्लंघन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० ९क० अनुसार सचेत गराइएको छ ।

यसरी राष्ट्र बैंकले वित्तिय अनुशासन कायम गर्न कडा नीति लिएको छ। राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई पनि सचेत गराएको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन व्यवस्था विपरीत हुने गरी ग्राहकहरूसँग बढी लिएको ब्याज सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा कतिपय ग्राहकको खातामा फिर्ता गरेको थिएन। यसमा राष्ट्र बैंकले कारवाही गरेको छ । साथै आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा पुनः निर्देशन विपरीत ब्याज बढाएकोमा पनि कारवाही गरेको छ ।

यस्तै क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकोमा पनि कारवाही गरेको छ । साथै एनआईसी एशिया बैंकले एकीकृत निर्देशन उल्लंघन गरेको पाइएकोले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार नसिहत दिएको छ

। साथै उपर्युक्त कार्यहरूको समयमै निगरानी तथा अनुगमन नगरी राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको नं. ६– ०७९ को सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको बुँदा नं। ९घ० र ९ङ० समेत पालना नगरी राष्ट्र बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार सञ्चालक समितिलाई सचेत गराएको छ । नबिल बैंक लि।ले पनि एकीकृत निर्देशन नं. १५ – ०७८ को ३ (८) उल्लंघन गरी ब्याजदर बढाएको पाइएको र नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सञ्चालक समितिलाई सचेत गराएको छ । साथै एकीकृत निर्देशन नं. १५–२०७९ को ३ विपरीत नियमित ब्याज र जरिवाना असुलीसँगै बैंकको कोर बैंकिङ सिस्टममा राखी कर्जामा थप जोखिम प्रिमियम स्वरूप अतिरिक्त १.५ प्रतिशत असुल गरेकोछ ।

नबिल बैंंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारति सम्पत्ति गणना नभएको र एकीकृत निर्देशन नं. १५–०७८ को ३ (८)  विपरीत प्रिमियम बढाएको, ऋणी ग्राहकहरूसँग त्रैमासिक रूपमा सेवाशुल्क लिने गरेको तथा संस्थागत मुद्दती निक्षेपमा ग्राहकहरूलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको पाएकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा ९२० ९क० बमोजिम सचेत गराएको छ ।

सिटिजन्स बैंकले पनि राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ को निर्देशन नं। २ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको देखिएको छ । साथै बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारति सम्पत्ति गणना नभएको र प्रिमियम दरमा निर्देशन विपरीत पटक(पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराएको छ । यसरी ठुला र नाम चलेका वाणिज्य बैंकहरूलाई वित्तिय अनुशासन पालन नगरेको र राष्ट्र बैंकको निर्देशन पालना नगरेकोमा कारवाही गरेर राम्रो सुरूवात गरेको छ।

IME Lifesidebar
kumari