stcnepal long ad
himalayan Everest Insurance long ad

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच सम्झौता

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बिच २०८० सालको लागि व्यवसाय प्रवर्द्धनका लागि ‘टीभीसी’ प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गर्नेछ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात् दुवै संस्थाको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता लगायतको कार्यक्रमलाई टेलिभिजन मार्फत नागरिकमा पुर्‍याउन सहयोग पुग्ने बताए।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले दुवै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने बताए।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत विमल डङ्गोल, विभागीय प्रमुख अच्युत गौतम, कम्पनी सचिव हेमराज खरेल, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुवै संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पीओएस सेवा, बिना चेक रकम झिक्न सकिने, इन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग तथा बिना इन्टरनेट चल्ने यूएसएसडी बैंकिङ्ग सेवाहरू समेत सञ्चालनमा रहेका छन्।

 

२२ जेठ २०८०, सोमवार ०७:२८ बजे प्रकाशित

NTA long ad