डिजी पेद्वारा विभिन्न फ्रान्चाइजी व्यवसायी तथा संस्थासँग सहकार्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागि अनुमति प्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रा.लि.ले आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी डिजी पेले डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलो पटक व्यावसायिक प्रवर्द्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको जनाएको हो ।
डिजी पे माव्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आबद्ध हुनसक्ने जनाएको छ ।
स्थानीय व्यवसाय साझेदार आबद्ध योजना मार्फत विभिन्न व्यवसायीहरूसँग फ्रान्चाइजीको सहकार्य गरेको र थप विस्तारका लागि अन्यफ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको डिजी पेले जानकारी दिएको छ ।
फ्रान्चाइजीहरू लेडिजी पे सँगको सहकार्यबाट कम्पनीले प्रदान गरेको लक्ष्य पुरा भएको अवस्थामा प्रतिमहिना रु. ४ लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।
डिजी पेमा व्यवसायीहरूले निःशुल्क आबद्ध भई विभिन्न सेवा तथा फाइदाहरू प्राप्त गरी बजार विस्तार र प्रचार–प्रसारबाट उच्च मुनाफाआर्जन गर्न सक्ने जनाइएको छ ।
आबद्ध हुँदा रु.५०० टपअप र सेवा शुल्कमा छुट, टेलिभिजन र दैनिक पत्रिकामार्फत विज्ञापन, स्टार हस्पिटलको रु.८२५ को दुई वटा ओ.पी.डी. टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट तथा अन्य सेवाहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाइएको छ ।
१७ वैशाख २०८०, आइतवार २१:१३ बजे प्रकाशित