evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

आज ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज शुक्रबार फागुन ५ गते ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

त्यस्तै, सामूहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो । बाँकी ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि खुला भएको हो ।

बैंकले ५ वर्ष अवधिको ११.२५ प्रतिशत ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

igi long
himalayan life insurance long ad