citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

बैंक अफ काठमाण्डूका ग्राहकलाई अनामनगरको किम्ची फास्टफुडमा ८ प्रतिशत छुट

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंक र रेष्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी  भुक्तानी  गर्दा बैंकको ग्राहकलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८ प्रतिशत छुट पाउने छन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टले अनामनगरबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

gold
kumari bank