prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ निष्काशन

उक्त बोलपत्र जेठ ६ गते निष्काशन हुने

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ निष्काशन गरेको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोल मार्फत उक्त विकास ऋणपत्र जारी गरेको हो ।

बोलकबोल प्रकृयाद्धारा निष्काशन गरिने भएको हुँदा उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थात तथा नेपाली नागरिकले जेठ ५ गते अपरान्ह तीन बजेसम्म बोलकबोल पेश गर्न सक्ने छन् ।

 

खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत बोलकबोल पेश गर्न सक्ने छन् । बोलपत्र जेठ ६ गते निष्काशन हुनेछ । खरिदकर्ताले अर्धवार्षिक रुपमा व्याज पाउने छन् भने ऋणपत्रको साँवा भुक्तानी २०८१ जेठ ६ गते पाउने छन् ।

४ जेठ २०७९, बुधवार १०:११ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads