stcnepal long ad
ime life insurance
global ime bank long

राष्ट्र बैंकका गभर्नरप्रति अर्थमन्त्री शर्माको कटाक्ष

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति कटाक्ष गरेका छन् । अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भएका गभर्नर प्रति कटाक्ष गरेका हुन् ।

मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले गरेको एक कार्यक्रममा उनले ‘नियामकीय संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महसुस आफूले गरेको उल्लेख गरे ।

अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषद्को गएको चैत २४ गतेको बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ समिति गठन गरेको थियो । समिति गठनसँगै स्वतः निलम्बनमा परेका अधिकारी वैशाख ६ गते सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि पदमा पुनर्बहाली भएका छन् ।

वैशाख ६ गते गभर्नरमाथि छानबिन नगर्न र गभर्नरलाई काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्चले १६ गते उक्त आदेशलाई निरन्तरता दिँदै अन्तिम फैसला नआउँदासम्म गभर्नरमाथि छानबिन नगर्न आदेश दिएको थियो। कार्यक्रममा अर्थमन्त्री शर्माले समग्र देशको नै अडिट गनुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा अर्थमन्त्री शर्माले गभर्नरप्रति लक्षित गर्दै जानकारहरूले गलत हिसाब गर्दा त्यसको असर के होला भन्दै कटाक्ष गरे । “वित्तीय सुशासन र त्यसभित्रको पहलकदमी लिनका लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरूको सही पहल र वित्तीय सुशासन भएन भने त्यसले धेरै ठूलो प्रभाव पार्छ,” उनले भने । उनले इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको समेत बताए ।

prabhu mahalaxmi
kumari